१५ असार, काठमाडौँ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ डी अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को प्रेसिडेन्टमा भाईनारायण श्रेष्ठ निर्वाचित भएका छन् । नेवा पुचः मा रहेका २१ सदस्य टिमले श्रेष्ठसहित नयाँ पदाधिकारी चयन गरेको हो ।
निर्वाचित भएका पदाधिकारीको कार्यअवधी १ वर्षको हुने गर्दछ । सोही अनुसार सन २०२२÷०२३ का लागि श्रेष्ठको टिम निर्वाचित भएको नेवा पुचः का चार्टर प्रेसिडेन्ट श्रीकृष्ण (आयान) श्रेष्ठले केटिएम खबरलाई बताए ।
यस्तै लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को भाइस–प्रेसिडेन्टमा राजेन्द्र श्रेष्ठ, सेकेन्ड भाइस प्रेसिडेन्टमा मनोज कुमार श्रेष्ठ, सेक्रेटरीमा विकास श्रेष्ठ, ट्रेजररमा सरिता श्रेष्ठ निर्वाचित बनेका छन् ।
लायन्स क्लबकै इतिहासमा सबैभन्दा सानो उमेरमै चार्टर प्रेसिडेन्ट बनेका श्रीकृष्ण श्रेष्ठ (आयान) को नेतृत्वमा स्थापना भएको हो लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः । उनी २१ वर्षको हुँदा आफ्नै पहल कदमीमा टिम तयार गरी प्रेसिडेन्ट बनेको थिए ।
हालसम्म नेवा पुचः ले १०७ भन्दा स्थानमा सामाजिक कार्य गरी सकेको छ । सयौँको सङ्ख्यामा सामाजिक कार्य गरिसकेको नेवा पुचः लाई सक्रिय क्लबको रूपमा हेरिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।