शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

निर्वाचित भएको एक महिनामै काठमाडौँका वडाध्यक्षलाई पक्राउ पुर्जी जारी !


  • बुधबार, असार १५ २०७९
15.1K
SHARES

फाइल तस्विर

वडा अध्यक्ष निर्वाचित भएर बिजयी उत्सव मनाएको एक महिना नहुँदै काठमडौँ महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ ।

असार ६ मा अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।

लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ । आरोपीहरुलाई उपस्थित गराउन नसकेमा ३५ दिने पक्राउ पुर्जी तामेल गरेर त्यसको जानकारी अदालतमा पठाउन प्रहरीलाई भनिएको छ ।

मोहन बहादुर विष्ट अध्यक्ष हुँदा लिखत सम्बन्धि कसुरमा जाहेरी दर्ता भएको थियो । त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए । अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरी वृत महाराजगञ्जका डिएसपी प्रमेश विष्टले आरोपीहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा