कर्णाली – सरकारले आज सार्वजनिक बिदा दिएको छ । धान दिवसका अबसरमा कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको हो । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।
प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिए ।
विराटनगरका विद्यालय असार १७ सम्म बन्द
विराटनगर । विराटनगर महानगरपालिकाले असार १७ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
भारी वर्षाका कारण महानगरभित्र बाढी र डुबानको समस्या बढ्दै गएकाले सतर्कता अपनाउन विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
नियमित वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न महानगरले आग्रह गरेको हो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।