सोमबार, साउन ३० २०७९
ताजा अपडेट

एमाले चर्चित सांसद बामदेवको पार्टीमा


  • KTM Khabar
  • मंगलबार, असार १४ २०७९
16.5K
SHARES

फाईल तस्बिर

१४ असार, काठमाडौँ ।

नेकपा एमालेका एक चर्चित सांसद बामदेव गौतमको पार्टीमा प्रदेश गरेकी छन् । तत्कालीन नेकपा विभाजनपछि तटस्थ रहँदै आएका गौतमले खोलेको पार्टीमा एमाले सांसद तुल्सी थापा प्रबेश गरेकी हुन् ।

झन्डै डेढ वर्ष ‘एकता अभियान’ चलाएर बसेका गौतमले घोषणा गरेको नयाँ पार्टीकी केन्द्रीय सदस्य बनेकी छन् । आज भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि उनले औपचारिक रुपमा पार्टीको नाम सार्वजनिक गरेका हुन् ।

‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको उक्त पार्टीको संयोजक गौतम आफैँ रहेका छन् भने ६९ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा एमालेबाट प्रतिनिधिसभा सांसद रहेकी गौतमकी पत्नी थापा पनि छन् ।

थापा गौतमको नयाँ पार्टीको केन्द्रीय सदस्य भएसँगै उनको सांसद पद धरापमा परेको छ । समानुपातिक सांसद भएकाले एमालेले थापालाई तत्काल हटाउन सक्ने सम्भावना छ ।

गौतमको पार्टीमा श्रीमतीसँगै छोरा र निजी सचिव पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा