शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फेरी उठ्न छोड्यो काठमाडौंको फोहोर


  • मंगलबार, असार १४ २०७९
10.2K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकाको फोहोर उठ्ने छोडेको छ । ढुवानी अबरुद्ध हुने भएकाले दुई दिन उठ्न रोकिने भएको हो ।

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ ।

तर महानगरपालिकाले फोहोर संकलनमा भने खासै समस्या नहुने बताएको छ । महानगरले यस्तो बताएपनि सडकमा फोहोर देखिन थालेको छ । ‘आज र भोलि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर ढुवानी रोकिने भएको छ । केही ठाउँमा फोहोर संकलन पनि रोकिन सक्छ,’ काठमाडौँका मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ ।

बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा