मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

भ्लादमीर पुटिनले देश छाड्दै !


  • KTM Khabar
  • मंगलबार, असार १४ २०७९
28.4K
SHARES

फाइल तस्विर

काठमाडौं । रसियाका राष्ट्रपति भ्लादमीर पुटिन युक्रेनसँगको तनावपछि पहिलोपटक देश छाड्न लागेका छन् । पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका हुन्।

रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।

पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्। रोससिया १ स्टेट टेलिभिजन स्टेशनका क्रेम्लिन संवाददाता पाभेल जारुबिनका अनुसार पुटिनले ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नेछन्।

साथै, पुटिनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। दुस्हनबेमा पुटिनले ताजकिस्तानका राष्ट्रपति इमोमालि राखमोनसँग भेट गर्नेछन्। अस्घाबातमा पुटिन कास्पिन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनेछन्।

युद्ध सुरु हुनुअघि पुटिनको अन्तिम विदेश भ्रमण चीनमा भएको थियो। रसिया र युक्रेनबिचको युद्ध भएको १२३ दिन भइसकेको छ। यसबिच ८० लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन्।एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा