१३ असार, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।
प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै आक्रोश पोखेका थिए ।
उनले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए । थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।