शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजेन्द्र लिंदेनलाई अध्यक्षबाटै हटाउन भित्रभित्रै हुन थाल्यो यस्तो खेल, हात धोएरै लाग्यो राणा टिम !


  • सोमबार, असार १३ २०७९
7.7K
SHARES

फाईल तस्बिर

कमल थापालाई सानदार ढंगले हराउँदै पूर्वपंचहरुको पार्टी राप्रपामा अध्यक्ष बन्न सफल भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनेलाई अध्यक्षबाट हटाउँने खेल सुरु भएको छ।

महाधिवेशनकै बेला लिंदेनलाई कच्चा खेलाडी भएको आरोप लगाएका राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर जबराको भित्री डिजाइन अन्तर्गत लिंदेनलाई राप्रपाको अध्यक्षबाट हटाउँने खेल सुरु भएको बताइएको छ ।

यो खेलमा पशुपती शमशेर जबरा र उनको सिंगो टिम हात धोएर लागेको बताइन्छ । लिंदेनले राम्रो मौका पाउँदा पनि काम गर्न नसकेको र उनी आफ्नो हिसाबले चल्न खोजेको आरोप राणा पक्षले लगाएको छ । राणा पक्षले विशेष महाधिवेशन बोलाउँन माग गर्ने तयारी पनि गरेको बताइन्छ ।

विशेष महाधिवेशन बोलाएर त्यहिँबाट लिंदेनलाई हटाउँने सम्मको डिजाइनको रुपरेखा बनिसकेको बताइन्छ। लिंदेनले ज्ञानेन्द्र शाही , ज्वाला संग्रौलाजस्ता व्यक्तिहरुलाई पार्टीमा बढि एक्सपोज दिएको भन्दै पशुपती शमशेरको टिम आक्रोसित भएको छ । लिंदेनको नेतृत्वमा बस्नै असहज हुने अवस्थामा राणा टिम पुगेको बताइन्छ ।

राप्रपा स्रोतका अनुसार पूर्वअध्यक्ष पशुपति शमशेर राणासहित नेताहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, जगत गौचनलगायत अध्यक्ष लिङ्देनप्रति असन्तुष्ट देखिएका हुन् ।

अध्यक्ष लिङ्देनका कार्यशैली र सांगठिनक संरचना निर्माणप्रति उनीहरू असन्तुष्ट भएका हुन् । पूर्वअध्यक्ष पशुपतिशमशेर राणा अहिले भारतको नयाँ दिल्लीमा रहेका कारण विवाद तत्काल साम्य भएको हो । २२ दिनका लागि दिल्ली गएका उनी एक सातापछि फर्किने बताइएको छ ।

राणा फर्केपछि राप्रपाभित्रको विवाद थप चर्किने सम्भावना रहेको राप्रपाका एक नेताले बताए । र, राप्रपाभित्रको विवादले विशेष महाधिवशेनको माग हुन सक्नेसमेत बताए । शिलापत्रसँग कुराकानी गर्दै ती नेताले भने, ‘अध्यक्ष लिङ्देनले मौका पाएका थिए, उक्त मौकालाई सदुपयोग नगरेर व्यक्तिगत हिसाबमा चल्न थालेपछि हामी विशेष महाधिवेशनको मागसम्म पुग्ने स्थिति देखिएको छ ।’

ती नेताका अनुसार राणासहितका नेताहरू स्थानीय चुनावअघिदेखि नै लिङ्देनसँग असन्तुष्ट भएपछि चुनावमा ‘लिङ्देनको पपुलारिटी’लाई परीक्षण गर्नका लागि चुप लागेका थिए । स्थानीय चुनावमा लिङ्देन पपुलारिटीको चर्चा भए पनि त्यसअनुसार भोट नबढेको राप्रपाभित्र चर्चा हुने गरेको छ । पहिला नेपालगञ्जजस्तो उपमहानगरपालिका जितेको भए पनि अहिले त्यस्तो महत्त्वपूर्ण पालिका जित्न नसकेको दाबी असन्तुष्ट पक्षको छ ।

त्यसैगरी, बुद्धिमान तामाङको प्रभाव क्षेत्र मानिएको धादिङको रुबिभ्याली गाउँपालिका राप्रपाले गुमाएको छ । उक्त पालिका अहिले माओवादी केन्द्रले जितेको छ । राप्रपाले पहिला पाँचवटा नगरपालिका जितेको अहिले तीनवटा मात्रै जितेको छ । पहिलाको एउटा उपमहानगरपालिकासमेत गुमाउनुपरेको भन्दै ती नेताले भने अघिल्लो स्थानीय चुनावमा सातवटा उपमेयर जितेकोमा अहिले तीनवटा मात्रै जितेको उल्लेख गरे ।

त्यसैगरी अघिल्लो चुनावमा करिब ३ लाख मत आएकोमा अहिले केही बढेर साढे ३ लाखजति मात्रै आएको राप्रपाभित्र विश्लेषण भइरहेको छ । योपटक राप्रपाको उपलब्धि भनेको काठमाडौंको शंकरापुर नगरपालिका जित्नु हो । त्यसबाहेक राप्रपाले पुरानो मत बढाउन नसकेको टिप्पणी राप्रपाभित्र भइरहेको छ । महाधिवेशनमा लिङ्देनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले सबैभन्दा बढी साथ दिएका थिए ।अध्यक्ष लिङ्देनसँग अहिले लोहनी पनि असन्तुष्ट देखिएका छन् । तर, उनी राणा समूहजस्तो चर्को रूपमा भने नदेखिएको राप्रपा स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा