संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएको छ । युक्रेनमा रुसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।
यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा लेखेका छन्, “जी–७ समूहले रुसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रुसको प्रमुख निर्यात हो । रुसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ । सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।
जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस विषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।
ह्वाइट हाउसका अनुसार सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रुसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।
यता जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाएको समाचार मिडियामा आउन नपाउदै रुस भड्किएको छ । उसले युक्रेनको राजधानीमै मिसाइल हानेको खबर छ । एजेन्सीहरुको सहयोगमा
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।