नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसको तर्फबाट शहरी विकासमन्त्री बन्न सफल भएका मेटमणी चौधरीले सिंहदरबार स्थित शहरी विकास मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेर मन्त्री चौधरीले शहरी विकास मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् । हिजो मात्रै उनकै पार्टीकी नेतृ रामकुमारी झाँक्रीले रुदै छोडेको कुर्सिमा मेटमणी हाँस्दै बस्न पुगेका छन् ।
पदभार ग्रहण लगत्तै मन्त्री चौधरीले मन्त्री परिवर्तन हुने कुरालाई सामान्यरुपमा लिनु पर्ने बताएका छन् । मन्त्री हेरफेर गर्ने कुरा सामान्य भएको भन्दै उनले यसलाई नियमित प्रक्रिया भएको बताए । मन्त्रीहरु आउँने जाने भइरहने भन्दै चौधरीले आफु पनि पाँच महिनाको लागी मात्रै मन्त्री भएको बताए ।
मन्त्री फेरिने कुरालाई सामान्य रुपमा लिनु पर्छ भन्दै नवनियुक्त मन्त्री चौधरीले हिजो मात्रै कुर्सि छोड्न पर्दा भावकु भएकी आफ्नै पार्टीकी मन्त्री रामकुमारी झाँँक्रीलाई घुमाउँरो तरिकाले कसिलो व्यंग्य गरेका छन् । चौधरीले रामकुमारी झाँक्रिले सुरु गरेका नितिगत कुरालाईनै आफुलेनै पनि अघि बढाउँने बताएका छन् ।
पदभार सम्हाल्ने क्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रीहरू परिवर्तन हुने सामान्य प्रक्रिया भएको बताए।आफू पनि पाँच महिनामात्रै रहने र त्यसपछि अर्कै आएर काम गर्ने हुँदा यो प्रक्रिया सामान्य भएको बताए।
‘पाँच महिनापछि छाड्नुपर्छ। त्यसपछि अर्को माननीय मन्त्री भएर आउनुहुन्छ। यसलाई म सामान्य प्रक्रियाको रूपमा लिन्छु,’ उनले भने। आफूले जिम्मेवारी सम्हालिसकेपछि शून्यबाट नभएर अघिल्लो मन्त्रीले छाडेर गएकै ठाउँबाट सुरू गरी सम्पन्न गर्ने बताए।
‘हाम्रो सुरूआती काम शून्यबाट हुँदैन। जस्तैस् राष्ट्रिय सहरी नीतिकै कुरामा पनि मलाई लाग्छ धेरै प्रक्रियाहरू धेरै सकिइसकेका छन्। ८० वा ८५ प्रतिशत काम सकेको छ भने त्यहाँबाट सुरू गर्छु र १०० प्रतिशत पुर्याउँछु,’ उनले भने,‘म पदमा रहँदा सम्म धेरै इमानदारिताका साथ। मेरो योग्यता, क्षमता, दृष्टिकोण अथवा मसँग जे छ यसको आधारमा अगाडि बढ्छु। यो कुर्सीको दुरूपयोग गर्नेबारे सोच्न पनि सक्दिनँ।’