शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हिँडेरै पार्टीको बैठकमा पुगिन् झाँक्री


  • सोमबार, असार १३ २०७९
10.9K
SHARES

फाईल तस्बिर

मन्त्री पद गुमाएपछि बिदाई कार्यक्रममा आँशु झारेकि रामकुमारी झाँक्री आज बागबजारमा एउटा सानो समूह लिएर पैदल हिँड्दै गरेको भेटिइन् । आज पनि उनको अनुहार उदास र बेचैन नै थियो ।

झाँक्री नेकपा एसको केन्द्रीय परिषद् बैठकमा भाग लिन कमलादीतर्फ लम्किएकी थिइन् । उनको साथमा तीन(चार जना कार्यकर्ता थिए । झाँक्री पुग्दा पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन भाषण गरिसकेका थिए । उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको छेउमा पुगेर थपक्क बसिन् र घोप्टो परेर मोबाइल चलाउन थालिन् ।

नेकपा एसबाट मन्त्री गुमाएका अन्य नेताहरू भने अझै पार्टीको बैठकमा पुगेका छैनन् ।

झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको कामको परिणाम आइरहेको र भविष्यमा पनि देखिँदै जाने बताएकी छन् । उनले आफू जनताको भलो चिताउँदै शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको बताएकी छन् ।

‘जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन्’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन् ‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन ।’

स्टाटस बाटै झाँक्रीले आफूलाई विश्वास गरेर मन्त्री बनाउने र मन्त्री भइसकेपछि काममा साथ दिने, खबरदारी गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा