पछिल्ला केहि दिन यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराई एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथी आक्रामक तरिकाले प्रस्तुत भइरहेका छन् ।
नेकपा एसको केन्द्रिय कमिटिको बैठकमा एसका अध्यक्ष नेपालले एमालेमा रहेका दश बुँदेका १० भाइलाई दास भन्दै आफुतिर धारे हात नलगाउँन चेतावनी दिएका थिए । नेपालको यस्तो अभिव्यक्ति प्रति आक्रोसित हुँदै भट्टराईले नेपाललाई सन्यासी बन्न भनेका थिए । त्यत्तीले मात्रै चित्त नुबेझे पछि भट्टराई एकाबिहानै एस पार्टीका अध्यक्ष माधव नेपालमाथी खनिएका छन् ।
एसका अध्यक्ष माधव कुमार नेपाल र आफ्नो सम्बन्धको बेलिविस्तार सामाजिक संजालमा राख्दै नेपालले राम्रो काम गरेका बेला सहयोग गरेको र नराम्रो काम गरेका बेला आफुले सहयोग नगरुको दाबी भट्टराईले गरेका छन् । एमाले विभाजन गर्ने र पार्टी अध्यक्ष केपी ओलीको सरकार ढाल्न हस्ताक्षर गर्ने काम गलत भएको भन्दै उनले नेपाललाई मुखभरिको जवाफ दिएका छन् ।
माधव नेपाललाई सन्यासी बन्नुस भनेर बोले पछि नेकपा एसका कार्यकर्ताहरु योगेश प्रति बैगुनि केटो भन्दै खनिएका थिए । आफ्नो चर्को आलोचना भए पछि लामो प्रष्टिकरण सहित भट्टराईले सामाजिक संजालमा यस्तो प्रष्टिकण दिएका छन् ।
कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ १ माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा
१) पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।२) वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।
३) नेकपा एमालेको पाँचौ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।४) छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५) सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।६) आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।७) नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८) प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।९)नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।
१०) २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।
११) म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।
पुनश्चस् कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।
२०७९ असार १३ गते बिहान काठमान्डौ- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।