सोमबार, साउन ३० २०७९
ताजा अपडेट

प्रधानमन्त्री देउवाले गरे दुई जना मन्त्रीलाई बर्खास्त !


  • KTM Khabar
  • आइतबार, असार १२ २०७९
66.3K
SHARES

फाइल तस्विर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दुई जना मन्त्रीलाई बर्खास्त गर्दै मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रोष्ठलाई बर्खास्त गरेका हुन् ।

देउवाले उनीहरुको ठाउँमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्रीमा नियुक्त गरेका छन् । नेकपा एसको सिफारिस बमोजिम प्रधानमन्त्री देउवाले मन्त्रीहरू हेरफेर गरेका हुन् । राजीनामा दिन आनाकानी गरेका दुई मन्त्रीलाई बर्खास्त गर्दै नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।
थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैन्दा तल छ । नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् ।

त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । देउवाले बर्खास्त गर्ने भएपछि पर्याटन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा बुझाएका थिए । अरु दुई मन्त्री एक राज्यमन्त्रीले राजीनामा दिएका थिएनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा