शनिबार, असोज १५ २०७९
ताजा अपडेट

यस कारण आयो आइतबारको सेयर बजारमा उछाल


  • KTM Khabar
  • आइतबार, असार १२ २०७९
17.5K
SHARES

फाइल तस्विर

लामो समयदेखि घटिरहेको नेपाली शेयर बजारमा आइतबार उछाल आएको छ । आइतबारको बजार नाटकीय रुपमा बढेको छ ।

आइतबार नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ । कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Ads By Admana
कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

विकास बैंक उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइन्यन्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको बृद्धि देखिएको छ ।

आज कुमारी बैंक सबै भन्दा धेरै कारोबार हुने कम्पनी बन्यो । उक्त कम्पनीको ४ लाख २९ हजार ५०१ कित्ता सेयर दोस्रो बजारमा ८६ करोड ४३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

हिमालयन डिष्टीलरीको ८३ करोड ७९ लाख, ङ्यादी ग्रुप पावरको ८३ करोड ३५ लाख र नबिल बैंकको ६७ करोड मूल्य बराबरको सेयर खरिद बिक्री भयो ।

दोस्रो बजारमा कुनै पनि शेयरको मूल्य नघटेको दिन आइतबार डिबेन्चरको मात्र मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक डिवेन्चर २०८४, एनआइसी एशिया डिभेन्चर २०८५ र आइसी एफसी डिभेन्चर २०८३ को मूल्य २ प्रतिशत हारहारीले घटेको छ ।

नेपाल राष्ट्र बैंकले शेयरब बजारमा प्रबाह गर्ने कर्जाको सीमा घटाउने सूचना चुहिएपछि बजारमा उछाल आएको ठूला लगानीकर्ताले बताएका छन् । ‘केही डिजाइनर खेलाडीहरुसम्म ४÷१२ को सीमा बढाउन लागेका सूचना पुगेको रहेछ ।’ श्रोतले भन्यो, ‘त्यही भएर ठूला लगानीकर्ताले कुमारी बैंक र हिमालय डिस्ट्रलरी उठाउँदा बजारमा उछाल आएको हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा