शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आजदेखि महानगर भित्र पानीपुरी र चटपट बेच्न नपाइने !


  • आइतबार, असार १२ २०७९
24.4K
SHARES

फाइल तस्विर

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।

पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। ‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं’, नगर प्रहरी प्रमुख सीताराम हाथेछुले भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुन्छ।’

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उनले बताए।

यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताए। ‘पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै विक्री वितरण गर्न दिइन्छ,’ उनले भने।

यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा