शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सुशासन कायम र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै स्वार्थ छैन : सभामुख सापकोटा


  • आइतबार, असार १२ २०७९
13.5K
SHARES

फाइल तस्विर

सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताएका छन् । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उनले बताए ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै सापकोटाले भने, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्छ, निरन्तर निरन्तर बनाइराख्नुपर्छ, सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले ।’

उनले अगाडि भने, ‘हामी भन्छौं लोकतन्त्र भनेको जीवनधारा हो, लोकतन्त्रको आत्मा भनेको संसद हो । तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति हामी जीवन्त र जनमुखी बनाउन सक्छौं, अहिले हामीले त्यलाई एउटा सूत्रवाक्य बनाएका छौं । हामी निरन्तर, पूरै निष्ठाका साथ, पूरै इमानका साथ हामी लागेका छौं ।’

जनताका कुरालाई आत्मसाथ गर्न सकिए सफलता त्यही हुने बताउँदै उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक अरु स्वार्थ नभएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा