शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

झण्डै एक बर्ष पछि माधव नेपालले खोले चन्द्रागिरी रिर्सोटको भित्री कहानी !


  • आइतबार, असार १२ २०७९
8.9K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा टेकेर माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एसपार्टी बनाएका थिए ।

केद्रिय कमिटी वा संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशत पुर्याए हुने कमजोर अध्यादेशमा टेकेर नेपालले एमाले फुटाएका थिए । देउवा सरकारले त्यस बेला ल्याएको अध्यादेशले लोकतन्त्रकै धज्जी उडाएको भन्दै चर्कोे विरोध भएको थियो । जम्मा २० प्रतिशत पुर्याउँन पनी माधव नेपाललाई कति पसिना छुटेको थियो भन्ने उनले बल्ल खुलासा गरेका छन् ।

देउवा सरकारले अध्यादेश ल्याए पछि दल विभाजनका लागी आवश्यक संख्या पुर्याएर उनले सांसदहरुलाई चन्द्र ढकालको चन्द्रागिरि रिसोर्टमा पुर्याएर लुकाएका थिए । चन्द्रागिरी रिसोर्टबाट सिधै निर्वाचन आयोगमा पुर्याएर सनाखन गरे पछि मात्रै केन्द्रिय सदस्य र सांसदहरुलाई घर जान दिइएको थियो । अध्यक्ष नेपालले त्यस बेला कति हैरानी भएको थियो भन्ने रामकहानी बल्ल सुनाएका छन् ।

नेपालले नेकपा एमालेबाट विद्रो गर्दा आफूहरूले निकै दुस्खकष्ट गरेको बताएका छन् । अनेकन तरिका लगाएर बल्लबल्ल विभाजनका लागि आवश्यक संख्या पुर्‍याएको उनले सम्झिए ।

पार्टीनिकट महिला संगठनको कार्यक्रममा बोल्दै नेपालले आफूहरूसँग तीन विकल्प रहेकोमा विद्रोह रोजेको बताए ।उनले भने, ‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्‍न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए । हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ।’

नेपालले सम्झिए, ‘भदौ २ गते हामीले होटल अर्यालबाट साथीहरूलाई बसमा राखेर चन्द्रागिरीमा लगेर दुई दिन राख्यौँ । केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौंला भन्ने सोचेका थिए । तर, उनको सबै योजना फेल गरायौँ । कति कष्ट गरेर बल्लतल्ल संख्या पुर्‍यायौँ ।’

उनले सधैँ सोझो पाराले नहुने भन्दै कहिलेकाहीँ उद्देश्य र बाटो फरक हुने बताए ।‘उद्देश्य एउटा हुन्छ, तरिका अर्को हुन्छ । कहिले पूर्व गएजस्तो, कहिले पश्चिम गएजस्तो । तर गन्तव्य एउटै,’ नेपालले भने, ‘पछिल्लो कालमा विद्रोह गर्ने बेलामा हाम्रो पक्षमा अलिकति अनुकूलता भयो र सफल भयौँ ’, नेपालले भने ।

उनले १० भाइलाइ दौडधुप गर्न लगाएर जेठ २ अगाडिको अवस्थामा फर्काउने नक्कली सर्त राखिएको बताए ।तर अहिलेसम्म पनि जेठ २ गतेको अवस्थामा फर्किएको छैन । ती १० भाइले न्याय पाएनन् । जे हामीलाई लागेको थियो, त्यही भयो,’ नेपालले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा