शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रवि लामिछानेको नयाँ पार्टीमा स्वतन्त्रहरुको अभियान पनि मिसिएको हो ? यस्तो कुरा बाहिरिएपछि झनै नयाँ आशा पलायो !


  • आइतबार, असार १२ २०७९
7.5K
SHARES

चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई सबैले स्वतन्त्रबाट चुनाव लड्ने आकलन गरेका थिए तर सबैलाई चक्मा दिदै नयाँ पार्टी खोले । रविले यो कदम होसियारीपूर्वक चालेको राजनीतिक विश्लेषकहरु बताउछन् ।

दलिय व्यवस्थामा त्यो पनि संघीय चुनावमा एकजना स्वतन्त्रले जितेर केही हुनेवाला छैन् भनेर बुझेका रविले पार्टी नै खोलेर देशभरबाट उम्मेदवार उठाउने तयारी गरेका छन् । यसैबीच, उनले अहिले चर्चामा रहेका स्वतन्त्र उम्मेदवार र यसको अभियानलाई समेत अनौपचारिक रुपमा आफ्नो पार्टीमा मिसाएको चर्चा समेत चलेको छ ।

कलाकार निर्मल शर्माको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्वल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच आज भेटवार्ता भएको छ।

पुकार बमका अनुसार उनीहरूबीच विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र रवि लामिछानेले सुरु गरेको नयाँ पार्टीको बारेमा गहन छलफल भएको थियो।

काठमाडौँ क्षेत्र नं १ मा बमको उम्मेदवारी लगायत आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भएको बुझिएको छ। बमले काठमाडौँ १ बाट केही दिन अघि उम्मेदवारी घोषणा गरेका थिए।

बम विवेकशील नेपाली दलका संस्थापक नेता हुन्। साथै उनी इनफ इज इनफ अभियानका अभियन्ता पनि हुन्। उनले सरकारलाई कोरोनाको बेलामा जवाफदेही बन्न माग राख्दै साथी ईःसँग मिलेर १२ दिन सत्याग्रह गरेका थिए।

उनी २०७२ सालको भूकम्पको बेला गरेको काम र कोरोनाको बेलामा ५ सय दिनभन्दा बढी खाना खुवाउने र अक्सिजन बैंक सञ्चालन गरेर नागरिकलाई राहत दिने काम गरेकैले युवाहरू र आम नागरिक माझ परिचित छन्। दुई नेताबीच छलफल सकारात्मक भएको र सहकार्य गर्दै अघि बढ्नेबारे छलफल भएको बुझिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा