शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ज्ञानेन्द्र शाहको विषयमा देउवा सरकारले गर्यो बोल्ड निर्णय, देशभरका राजावादीहरू बने आक्रोशित !


  • शनिबार, असार ११ २०७९
18.4K
SHARES

फाइल तस्विर

पूर्वराजा ज्ञानेन्द्र शाह यति बेला एक महिना लामो पारिवारीक भ्रमणका लागी थाइल्याण्डमा रहेका छन् । उनी विदेशमा रहेकै बेला यता सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकाले भने उनका बारेमा बोल्ड निर्णय गरेको छ ।

गृहमन्त्रालयले देशका विशिष्ट व्यक्तित्वहरुको मर्यादाक्रम निर्धारणका लागी पूर्वराजालाई पूर्वराष्ट्रपति बराबरको हैसियतमा राखेर छैठौँ ठूलो मर्यादाक्रमा राख्न मन्त्री परिषद समक्ष सिफारिस गरेको थियो जसलाई मन्त्री परिषदले अस्विकार गरेर फिर्ता पठाइदिएको छ ।

मन्त्री परिषदले पूर्वराजालाई मार्यादाक्रममा राख्ने प्रस्ताव अस्विकार गरे पछि देशभरीका राजावादीहरु आक्रोसित देखिएका छन् । केहि दिन अघि मात्रै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले राजा फर्काउँन खतरनाक खेल भइरहको बताएका थिए । यहि बिचमा सरकारले उनलाई मर्यादाक्रममा राख्ने प्रस्ताव समेत अस्विकार गरिदिएका छन् ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो, जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौँ स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर, पूर्वराजालाई पूर्वराष्ट्रपतिकै हैसियतबराबरको मर्यादाक्रममा राख्दा विवाद हुन सक्ने भएकाले हटाइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

बम
मन्त्रिपरिषद्ले स्वीकृत गरी मर्यादाक्रम संशोधनको प्रस्ताव मन्त्रिपरिषद्को प्रशासनिक समितिमा पठाइएको छ । छैटौँमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यही मर्यादाक्रममा पूर्वराजालाई राख्नुपर्ने गृह मन्त्रालयको निष्कर्ष थियो ।

गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको नेतृत्वमा एक समिति गठन गरी यसबारे संशोधन प्रक्रिया अघि बढाएको थियो । यसअघि १६ वैशाख ०७६ मा मर्यादाक्रम प्रकाशन भएको थियो । त्यसमा प्रदेशका कतिपय पद छुटेको र केहीमा तलमाथि आवश्यक रहेको गुनासोका आधारमा यस्तो समिति बनेको थियो ।

यसअघिको मर्यादाक्रममा पूर्वराजालाई नसमेटिएको भन्दै आलोचना भएपछि यसपटक उनलाई समेटिएको थियो । तर, संसदीय चुनावको मुखमा सरकारले पूर्वराजालाई सम्मान दिन खोजेको सन्देश जान सक्ने भएकाले यस विषयमा तत्काल कुनै निर्णय नगरिएको एक मन्त्री बताउँछन् ।

सुरक्षा व्यवस्थापनलगायत विषयलाई ध्यानमा राखी आफूहरूले पूर्वराजालाई मर्यादाक्रममा राख्न खोजेको गृहका अधिकारीको भनाइ छ । नयाँ मर्यादाक्रममा अन्तर्राष्ट्रिय प्रचलनको पनि अनुशरण गरी केही हेरफेर गरिएको स्रोत बताउँछ । प्रशासनिक समितिले अन्तिम टुंगो लगाएपछि मर्यादाक्रम राजपत्रमा प्रकाशित हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा