शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

विभाजनको मुखैमा पुगेको नेकपा एसमा २४ घण्टामै भयो नयाँ ट्वीस्ट !


  • शनिबार, असार ११ २०७९
7.5K
SHARES

फाइल तस्विर

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एस भित्र चरम विवाद देखिएको २४ घण्टामै नयाँ ट्वीस्ट आएको छ । एस पार्टीका अध्यक्ष माधव नेपालको ठूलो संकट मोचनको सारथी बनेका छन् पर्यटनमन्त्री प्रेम आले ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । पर्यटनमन्त्री प्रेम आले सहितका ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।

हस्ताक्षर फिर्ता नलिनेमा स्वास्थयमन्त्री विरोध खतिवडा , शहरी विकासमन्त्री रामकुमारी झाँक्री , श्रममन्त्री किसान श्रेष्ड र अर्की एक सांसद निरादेवी जैरु रहेका छन् । पर्यटनमन्त्री हस्ताक्षर फिर्ता लिएर धनगढी पुगेका छन् ।

संसदीय दलको बैठक माग गर्दै लिखित निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए ।
निरा देविलाई हस्ताक्षर फिर्ता गराउन कोसिस भइरहेको सोम प्रसाद पाण्डेले बताए।

सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए। ध्यानाकर्षणपत्रमा मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा