१० असार, काठमाडाैँ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मिति तोकेको छ । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए कात्तिक ३० गते तोक्ने गरी आयोगले अनौपचारिक प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् ।
काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गतेको मिति प्रस्ताव भएको बताएका हुन् ।
“आयोगले दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको छ,” उनले भने, “एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्ने भनिसकेको छ ।” अब निर्वाचन धेरै टाढा नभएको पाँच महिनाभित्र चुनाव हुने समेत बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।