शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आफ्ना प्रतिनिधि चयनका लागि टेक्ससका नानीबाबुहरुले गरे मतदान (फोटो फिचर)


  • शुक्रबार, असार १० २०७९
12.2K
SHARES

१० असार, काठमाडौँ ।

काठमाडौँको सिफलमा रहेको टेक्सस इन्टरनेशनल स्कूलले विद्यार्थी प्रतिनिधि चयन गर्न मतदान गरेको छ । स्कूल क्याप्टेन, भाइस–क्याप्टेन र चार वटा हाउसका क्याप्टेन र भाइस–क्याप्टेन चयन गर्न शुक्रवार स्कूलको प्राङ्गणमा मतदान कार्यक्रम गरेको हो ।

निर्वाचन आयोगले गर्ने देशको राष्ट्रिय निर्वाचनको नियमलाई पछ्याउँदै स्कूलले निर्वाचन कार्य तालिका बनाएको थियो । करिब एक हप्ताको तयारी पश्चात् विद्यार्थीहरूले स्कूल प्राङ्गणमा मतदान गरे ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई मताधिकार प्रतिनिधि बनाइएको थियो ।

उम्मेदवारी दिन इच्छुक विद्यार्थीहरूले आइतबार मनोनयन दर्ता गरेका थिए । सोही दिन उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । सोमबार चुनाव चिन्ह प्रदान गरिएको थियो ।

मङ्गलवार र बुधवार चुनाव प्रचार प्रसारको समय तोकिएको थियो । बिहीबार मौन समय तोकिएको थियो । भने शुक्रवार निर्वाचन हुने मिति तोकिएको थियो ।

आज भएको निर्वाचनबाट स्कूल क्याप्टेनमा कक्षा १० मा अध्ययनरत कृश शाह निर्वाचित भएका छन् । स्कूल भाइस–क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत सौजन्य आचार्य विजयी भए ।

यस्तै ४ सदनको क्याप्टेन र भाइस–क्याप्टेनको पनि निर्वाचन भएको थियो । जस अन्तर्गत ब्लु हाउस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत क्षितिज पोखरेल निर्वाचित भएका छन् । भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत श्रेया पौडेल विजयी भइन् । ग्रिन हाउसको क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत निराजन कार्की विजयी भए । भाइस–क्याप्टेनमा कृष्टिना त्रिपाठी विजयी भइन् ।

रेड हाउस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत प्रिया न्यौपाने विजयी भइन । भाइस–क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत काजोल पोखरेल विजयी भइन । यस्तै एल्लो हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत अनुप डंगोल विजयी भए । भाइस–क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत अवन्तीका खत्री विजयी भइन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा