शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

अन्ततः प्रचण्डकै लाइनमा खम्बा झैँ उभिए केपी ओली, दिए यस्तो कडा अभिव्यक्ति !


  • शुक्रबार, असार १० २०७९
8.6K
SHARES

फाइल तस्विर

१० असार, काठमाडौँ ।

पार्टी फुटपछि एक अर्कालाइ खुइल्याउने होडबाजीमा तल्लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एउतै मुद्धामा उभिएका छन्।

यसअघि प्रचण्डले सार्वजनिक रुपमा बोल्दै आएका प्रतिक्रियावादीहरुको नेतृत्वमा समाजवादमा जान सम्भव छैन यसका लागी बृहत कम्युनिष्ट एकताको जरुरी छ भन्ने लाइनमा ओली खम्बा झैँ उभिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न नसकिने अभिव्यक्ति दिदै प्रचण्डको लाइनमा खम्बा झैँ उभिएका हुन् । शुक्रबार माओवादी नेता जीवन गौतमलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न सकिन्छ भन्न सकिँदैन र हुँदैन, कम्युनिस्ट पार्टीको नीति र नेतृत्वमा सकिन्छ र अरुलाई पनि साथ लिन सकिन्छ ’अध्यक्ष ओलीको भनाइ छ । उनले आफ्नो पार्टीको नीति र विचार मान्नेहरूलाई सँगै लिएर जान सकिने भन्दै ‘त्यो कम्युनिस्ट बर्को नै ओढेको हुनुपर्छ’ भन्ने नरहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा