शुक्रबार, असार १० ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि बजेट प्रस्तुत गरेको छ । नगरसभामा महानगरकी उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।
त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।
आघिल्लो आर्थिक बर्षमा तत्कालिन नगर प्रमुख विद्यासुन्दर शाक्यले १८ अर्व ९५ करोड ७७ लाखको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नवनिर्वाचित मेयर बालेन शाहले झण्डै ७ अर्ब धेरै बजेट ल्याएर सबैलाई छक्क पारेका छन् ।
धेरैले विद्यासुन्दरका लागि यो बजेट हेर्दा नै टोपी खस्ने बताउने गरेका छन् । अग्लोमा हेर्दा प्राय टोपी खस्ने गर्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।