शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सेवाग्राहीलाई आमाचकारी गाली गर्ने महतोको सुरु भयो दशा, अस्पतालले चलायो डण्डा !


  • बिहिबार, असार ९ २०७९
10.9K
SHARES

प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसंग आमाचकारी गाली गर्ने कर्मचारीमाथि अस्पताल प्रशासनले डन्डा चलाएको छ । सेवाग्राहीसँग आमाचकारी गाली तथा दुव्र्यवहार गर्ने कर्मचारी वासुदेव महतोलाई निलम्बन गर्दै डन्डा चलाएको हो ।

अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ ।

महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ ।

महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए । ‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

संविधान, प्रचलित ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८, कानुन सामाजिक मूल्य मान्यता र सामाजिक न्याय विपरीत कार्यले अस्पताल, सेवाग्राही, सरोकारवाला कसैको हित नहुने साथै ऐन नियमानुसार सबै पक्षको सहकार्यबाट असल समाज, संस्थाको विकास हुने कुरालाई कसैले नकार्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यस किसिमको घटनाले सेवाग्राहीलाई पर्न गएको भावनात्मक आघातप्रति क्षमायाचना गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा