शनिबार, असार १८ २०७९
ताजा अपडेट

नेकपा एसको मन्त्री हेरफेरमा अवरोध खडा गर्ने यी २ मन्त्री पो रहेछन्, खुल्यो गम्भीर रहस्य !


  • KTM Khabar
  • बिहिबार, असार ९ २०७९
9.4K
SHARES

फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी) को मन्त्री मण्डल हेरफेरको बिषयलाई लिएर बिभिन्न आरोप प्रत्यारोप चलिरहेको बेला बहालवाला मन्त्री प्रेम आले र रामकुमारी झाँक्रीले पद छोड्न अस्विकार गरेकाले नेकपा एसको पार्टीभित्र संकट पैदा भएको कुरा सतहमा आउन थालेको छ । अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनलाइ यी २ मन्त्री आले र झाक्रीलेझाँक्रीले अस्वीकार गरेका हुन् ।

हालको सरकारमा ५ मन्त्री छन् । जसमा पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको निर्देशन अस्वीकार गरेका खुलेको छ ।

स्रोतका अनुसार शुक्रबार अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर निवास फर्किए । त्यसपछि उनले पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति दिएका थिए । त्यसका खासगरी मन्त्री आले र झाँक्रीले असहमति जनाएको बुझिएको छ ।

सरकारबाट फिर्ता आउन अध्यक्ष नेपालले दिएको निर्देशनपछि झाँक्रीले आफूहरु हट्नु पर्ने कुनै कारण नभएको प्रतिकृया दिएकी थिइन् । उनले राम्रै काम गरिरहेका गरिरहेको दावी गर्दै आफू सक्षम मन्त्री भएको र हट्नुपर्ने कारण नभएको बताएकी थिइन् । उनले नेपाललाई मन्त्रीबाट हटाए आफ्नो लागि अध्यक्ष मरेतुल्य बराबर हुने बताएको जनाइएको छ ।

त्यस्तैगरी पर्यटनमन्त्री आलेले भने स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने साथै एकजना महिला पनि मन्त्रीमा सिफारिस गरिनेपर्ने अडान राखेका छन् ।

मन्त्रीका लगि प्रस्ताव राखेका बुडा मन्त्री आले निकटकै सांसद हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा