शनिबार, असार १८ २०७९
ताजा अपडेट

प्रेम आलेको ओठ मुख सुक्ने गरी सर्वोच्चले चाल्यो यस्तो कठोर कदम !


  • KTM Khabar
  • बिहिबार, असार ९ २०७९
893
SHARES

फाइल तस्विर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई अर्को आपत आईलागेको छ । उनले गरेको अश्लिल गालीगलौज बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएपछी आपत आइलागेको हो । उनको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो। गलिगलौज बिरुद्धको मुद्धा सर्बोचले अगाडी बढाउने भएपछी प्रेम आलेको फसिने र मन्त्री पद पनी खुस्किने डरले ओठमुख सुक्ने आकलन हुन् थालेको छ।

तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए। सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए। सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ।

दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भने,‘हामीले आज इजलासमा हाम्रा कुरा राख्यौं। प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’ सो कुरा राखेपछि इजलासले मुद्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उनले बताए। ‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं। दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उनले भने, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयोग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।’

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ अनुसार सांसदले ‘पालन गर्नुपर्ने आचार संहिता’ पालन नगरेको भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले सर्वोच्च प्रशासनमा सो रिट दर्ता गराएका थिए। रिटमा संविधानको धारा १३३ को उपधारा ९२० अनुसार ‘परमादेश’को आदेशसहित मन्त्री आलेको बर्खास्ती मागिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा