शनिबार, असार १८ २०७९
ताजा अपडेट

सुरु भयो स्याटले घोषणा गरेको विद्यालय स्तरीय चर्चित गायन रियालिटी शो, सहभागीले बनाए नयाँ रेकर्ड !


  • KTM Khabar
  • बिहिबार, असार ९ २०७९
1K
SHARES

९ असार, काठमाडौँ ।

निजी विद्यालयहरूको छाता सङ्गठन स्कूलस् अलाइन्स फर एकेडेमीक ट्रान्सफर्मेसन (स्याट) ले घोषणा गरेको विद्यालय स्तरीय गायन रियालिटी शो सुरु भएको छ । बुधवारबाट अडिसन राउन्ड सुरु भएसँगै स्याटको गायन रियालिटी शो ‘भ्वाइस अफ स्याट’ सुरु भएको हो ।

विद्यालय तहमा खोजिने, रोजिने गायन रियालिटी शो बनाउन स्याट टिम लागि परेको छ । सोही अनुरूप बुधवारको अडिसनमा विद्यार्थीहरूले सहभागीता जनाएका छन् । ३ विद्यालयहरूमा भएको अडिसनमा १८२ जना गायन प्रतिभा भएका विद्यार्थीहरू सहभागी भए ।
चुनिखेल स्थित पिक प्वाइन्ट एकेडेमी, साम्तेन मेमोरियल एजुकेशनल एकेडेमी र सेन्ट जोन स्कूलमा अडिसन भएको थियो । उक्त अडिसनबाट टप २० राउन्डका लागि ३९ जना छानिए । स्याटमा आबद्ध १४ विद्यालयहरू बिच हुने उक्त गायन रियालिटी शो को अडिसन ३ दिनसम्म चल्ने विनय श्रेष्ठले केटिएम खबरलाई बताए ।

‘भ्वाइस अफ स्याट’ को अडिसन राउन्डबाट छानिएका प्रतिस्पर्धिहरुले टप २० राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् । श्रावण १४ मा हुने टप २० को छनोट प्रतियोगिता ब्रेनल्याण्ड एकेडेमीको हलमा हुनेछ । सो बाट छनोट भए पछि प्रतिस्पर्धिहरुले उपाधिका लागि भिड्नेछन् ।

श्राणन २८ भ्वाइस अफ स्याटको फाइनल हुनेछ । चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछ । निर्णायकहरूको नाम भने गोप्य राखिएको छ । फाइनलिष्ट हुनेहरूलाई स्पेसल ट्रनिङ्गको समेत व्यवस्था रहेको जनाइएको छ ।

पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा