शनिबार, असार १८ २०७९
ताजा अपडेट

बालेनले दिए सिङ्गो काठमाडौँवासीलाई अर्को खुसीको खबर !


  • KTM Khabar
  • बिहिबार, असार ९ २०७९
2.4K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरपालिका मेयर बालेन शाह आज निकै खुसी देखिएका छन् । सारा काठमाडौँवासीमा खुसीयाली छाउने गरी उनले गजबको खबर बाँडेका छन् ।

बुधबार राती ९ बज्नै लाग्दा आफ्नो सामाजिक सञ्जालबाट खुसी बाढ्दै सबै काठमाडौँ बासीलाई बालेनले बधाई र शुभकामना दिएका छन् । बालेन काठमाडौँको मेयरमा निर्वाचित भए पछि पहिलो पटक ल्याएको नीति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको दिन हो ।

स्वतन्त्र उठेर निर्वाचन जितेका बालेनले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसहमतीमा पास भएको छ । यही खुसीमा बालेनले सबैलाई शुभकामना दिएका छन् । सर्वसहमतीमा नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद भनेका छन् ।

काठमाडौँको विकासका लागी सबै जनप्रतिनिधि एक ठाउँमा रहेको कुरा पनि प्रमाणित भएको बालेनले भनेका छन् । हाम्रो उद्देश्य काठमाडौँको समृद्धि र नागरिकहरूको सुविधाको बढोत्तरी मात्रै भएको भन्दै उनले यस कामका लागी सबै जना एक ठाउँमा रहेको बताएका छन् ।

निकै हर्षित भावमा प्रस्तुत भएका बालेनले एक वर्ष भित्र गरिसक्छौ भनेर दिएका बचनहरू र खाएका कसमहरू आफ्नै लागी बनाएको बाटो भएको भन्दै पुरा गरेरै छोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।जति सुकै अप्ठेरोमा परे पनि गन्तव्यमा पुग्न सकौँ भनेर उनले कामना पनि गरेका छन् ।

सर्वसहमतीले काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पास भए पछि मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा दौरा सुरुवात आँखामा कालो चस्मा लगाएको तस्बिर सहित यस्तो स्ट्याटस लेखेका छन् ।

सिद्धान्त हामीले स्वीकारेका छौँ – भूमिका केही फरक होला तर हामी सबै जनप्रतिनिधि हौँ । हाम्रो उद्देश्य काठमाण्डौँको समृद्धि र नागरिकहरूको सुविधाको बढोत्तरी मात्रै हो ।
व्यवहारतः हामीले प्रमाणित गर्‍यौँ – यो अभियानमा हामी सबै साथसाथ छौँ ।

सर्वसम्मतले नीति तथा कार्यक्रम पारित हुन सकेकोमा हामी सबैलाई बधाई छ । त्यहाँ लेखिएका कुराहरू एक वर्षभित्र गरिसक्छौँ भनेर हामीले दिएका वचनहरू हुन्, खाएका कसमहरू हुन्, हामीले आफ्नै लागि बनाएका बाटाहरू हुन् । जति अप्ठ्यारा आए पनि यो बाटोमा हिँडेर गन्तव्य छुन सकौँ । पहिलो वर्षमा काठमाण्डौँले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाओस् । हामी सबैलाई शुभकामना छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा