शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

देउवाका ज्योतिषिले गरे रवि लामिछानेको नयाँ पार्टी माथि यस्तो भविष्यवाणी !


  • बिहिबार, असार ९ २०७९
9.7K
SHARES

९ असार, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तीन ठूला शक्तिशाली ग्रह शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेको बताएका छन् ।

माओवादीपछि २७ वर्षमा पुनः विभिन्न मुद्दा बोकेको पार्टी घोषणा भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।ज्यातिषि रिजालले देशले अझै राजनेता खोजिरहेकाले लामिछानेले नयाँ दल खोलेका बताएका छन् ।

‘तीन ठूला शक्तिशाली ग्रहहरू शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर नयाँ पार्टीको घोषणा भएको छ । ०५२ सालबाट माओवादीले पनि परिवर्तनका लागि भनेर विभिन्न मुद्दा उठाएर जनयुद्धको घोषणा भएको थियो । २७ वर्षपछि पुनः देशमा नयाँ पार्टीको घोषणा भएको छ । अतः देशले अझै राजनेतको खोजि गरिरहेको छ’, उनले फेसबुकमा लेखेका छन् ।

पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा