शनिबार, असार १८ २०७९
ताजा अपडेट

फेरी गयो शक्तिशाली भूकम्प, मृतकको सङ्ख्या १ हजार नाघ्यो !


  • KTM Khabar
  • बिहिबार, असार ९ २०७९
1.4K
SHARES

अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गए राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताउनुभएको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ । भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटरभन्दा धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा