शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो !


  • बुधबार, असार ८ २०७९
7.3K
SHARES

फाइल तस्विर

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण नेपालीको ध्यान खिचेको छ ।

नेपालमा अहिलेसम्म आदिवासी जनजातिबाट देशको सर्वोच्च पदमा कोही नपुगेका बेला मोदीको पार्टी भाजपाले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णयले विश्वभर चर्चा परिचर्चा हुन थालेको छ ।

भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् ।

मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ । द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् ।

उनी मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन् । मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको राज्यपाल थिइन् । भारतमा हाल रामनाथ कोविन्द राष्ट्रपति छन् ।

उनको कार्यकाल आगामी जुलाई २४ मा सकिंदै छ । संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै नयाँ राष्ट्रपति चुन्नु पर्ने भएकाले भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको छ । २१ जुलाईमा नतिजा आउने छ ।

भाजपाले राष्ट्रपति चुनावका लागि १४ सदस्यीय म्यानेजमेन्ट कमिटी गठन गरेको थियो । सो कमिटीको संयोजक केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावत थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा