काठमाडौँ – पत्रकारिता पेशा पेसा छोडेर राजनीतिमा होमिएर आजै मात्र राष्ट्रिय स्वतन्त्र दल’ घोषणा गरेका रवि लामिछानेलाई पहिलो गासमै ढुंगा लागेको छ। नयाँ दल घोषणासंगै लामिछानेको दलले अघि सारेको प्रस्ताव गरेको चुनाव चिन्ह ‘घन्टी’ अर्कै पार्टीको नाममा निर्वाचन आयोगमा दर्ता रहेको पाइएपछि पहिलो गासमै ढुंगा लागेको हो । उक्त चिन्ह राष्ट्रवादी पार्टीका नाममा २०७३ मङ्सिर ३० गते दर्ता भएको पाइएको हो ।
रविले दल दर्ताको लागि आयोगमा दिएको निवेदनमा पनि घन्ट चिन्ह मागिएको छ । राष्ट्रिय सभागृहमा आज दिउँसो पार्टी घोषणा गरेका उनी दल दर्ताका लागि अपरान्ह बहादुर भवनस्थित आयोगको कार्यालय पुगेका थिए ।
राष्ट्रिय स्वतन्त्र दलले प्रस्ताव गरेको घन्ट चिन्ह अर्कै पार्टीको हो रु भन्ने प्रश्नमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बुझेर मात्रै भन्न सकिने जवाफ दिए । आयोगमा सयभन्दा बढी पार्टी दर्ता भएकाले सबैको चुनाव चिन्ह थाहा नहुने भन्दै उनले एउटा दलको चिन्ह अर्कोले नपाउने बताए ।
२०७३ पछि थुप्रै पार्टीहरु खारेज भएको शर्माको भनाइ छ । खारेज भएको एक वर्षसम्म पनि उसको चिन्ह अर्को पार्टीलाई नदिने व्यवस्था रहेको पनि उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।