काठमाडौं ।
बहुचर्चित सञ्चारकर्मी रवि लामिछानेको नयाँ पार्टीमा नेपाली सिने जगतका चर्चित कलाकाहररुको ईन्ट्री भएको छ । लामिछाने सभापती रहेको पार्टीमा तीन चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी पनि समावेश भएका हुन् ।
रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबारे अहिले सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् ।
लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएको स्रोतले दिएको छ । ‘उहाँहरुले पार्टीलाई सघाउने जानकारी दिनुभएको छ,’ रवि लामिछाने समूहका एक सदस्यले अनलाइनखबरलाई भने, ‘रविजीले पार्टी गठनअघि उहाँहरुसँग पनि परामर्श गर्नुभएको थियो ।’
यी तीनैजना रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए । ‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।