शनिबार, असार १८ २०७९
ताजा अपडेट

पार्टी घोषणाको केही घण्टामै रवि लामिछानेलाई आइलाग्यो नसोचेको फसाद !


  • KTM Khabar
  • मंगलबार, असार ७ २०७९
2.3K
SHARES

पत्रकारिता क्षेत्रबाट सदाका लागी अलग हुँदै पुर्णकालिन राजनितीमा हाम फालेका रवि लामिछानेले वैकल्पीक राजनितिक शक्तिको रुपमा उदाउँने घोषणा सहित राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे । पार्टी घोषणा गरेको २४ घण्टा नबित्दै उनलाई फसाद पर्ने सम्भावना देखिएको छ ।

रवि लामिछानले प्रस्ताव गरेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी यो नामका कारण उनी झमेलामा पर्ने सम्भावना देखिएको छ । सबैलाई सप्राइज दिँदै उनले यस्तो नाम प्रस्ताव गरेका छन् तर पार्टीको नामकै कारण उनले नयाँ खालको लफडा झेल्नु पर्ने अवस्था आउँन सक्ने देखिएको छ ।

राजनितिक दलको नाम स्वतन्त्र पार्टी राख्न नमिल्ने भन्दै सामाजिक संजालमा तर्क वितर्क सुरु भएको छ । राजनितिक दलमा नभएका मान्छेले म स्वतन्त्र छु भनेर बोल्दा पनि अब रवि लामिछानेको पार्टीमा रहेछ भन्ने बुझाइ हुने भन्दै यस्तो नाममा दल दर्ता गर्न नहुने तर्क गर्नेहरु पनि भेटिएका छन् ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले त मुखै खोलेर रवि लामिछानेले प्रस्ताव गरेको पार्टीको नाम निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् ।

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ ।

उनले भनेका छन् ‘कानुनतस् स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो ।’

यसै विच लामिछानेले भने निर्वाचन आयोगमा पुगेर चुनाव चिन्ह घण्टी र पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी प्रस्ताव गरेर दल दर्ताका लागी निवेदन दिएका छन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा