शनिबार, असार १८ २०७९
ताजा अपडेट

‘रुटिन अफ नेपाल बन्द’ भाडामा लिएर चुनाव जितेको भनेपछि आरजुको बोली नै बन्द हुनेगरी बालेनले फर्काए जवाफ


  • KTM Khabar
  • मंगलबार, असार ७ २०७९
7.8K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरको मेयरको चुनाव जित्न सामाजिक सञ्जाल भाडामा लिएको भन्ने प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको बोली नै बन्द हुनेगरी मेयर बालेन साहले जवाफ फर्काएका छन् ।

बालेनले सामाजिक सञ्जालमा पैसाको खोलो बगाएर चुनाव जितेको आरोप लगाइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने चुनावको समयमा सामाजिक सञ्जालमा एक रुपैयाँ पनि खर्च नभएको विवरण सार्वजनिक गरेपछि आरजुले बोलीमै लगाम लागेको हो ।

निर्वाचनमा कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको विवरण पेस गरेका शाहले सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस गरेका हुन् । नेपाली काँग्रेसकी नेतृ राणाले शाहले सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौँ महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी थिइन् ।​

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी शाहले कतिमा हायर गर्नुभयो ? भनेर प्रश्न समेत गरिन् । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार शाह मेयर बन्न सफल भएको उनको भनाइ थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा