काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् ।
स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबारको अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
प्रचण्डले आफ्नै नातिनीलाई अखिल क्रान्तिकारिको केन्द्रिय सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि बिद्यार्थी संघठनकी अध्यक्ष पञ्चा सिंहले मनोनित गरेकी हुन्।
विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा मनोनित गरेको भन्दै चौतर्फी बिरोध हुन थालेपछि अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन् ‘सृष्टि लामो समय अखिल क्रान्तिकारीमै हुनुहुन्थ्यो । अहिले केन्द्रीय समितिमा राखिएको छ ‘हामीले अध्यक्ष कमरेडको नातिनी भनेर राखेका होइनौ । योगदान गरेको भनेर राखिएको हो ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।