आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

उपाध्यक्ष कार्कीसहित ९ जनालाई निलम्बन गर्ने अखिल क्रान्तिकारीको निर्णय


  • सोमबार, असार ६ २०७९
11.7K
SHARES

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ ।

आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो । कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी निलम्बनमा परेका छन् ।

अनुशासन विपरीतको काम गरेकाले कार्कीसहित ९ जनालाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

बैठकमा कार्की समूहले विधि विधान विपरीत जिम्मेवारी बाँडफाँट लगायतका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेको थियो । नाराबाजी गर्ने क्रममा हात हालाहाल हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।

सोही बैठकले १२ लाख सदस्यता वितरण र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित अभियान चलाउने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीले बताए । त्यसका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ मूल नारासहित तीन महिना अभियान चलाउने उनले बताए ।

अखिल क्रान्तिकारीले २९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । आइतबारको बैठकले १९९ जना केन्द्रीय सदस्य थप्दै समितिलाई पूर्णता दिएको हो । थपिएका केन्द्रीय सदस्यहरुको आज दिउँसो १ बजे केन्द्रीय कार्यालय बागबजारमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा