शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्षको तयारीमा एमाले


  • सोमबार, असार ६ २०७९
15K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको भनाइ छ ।

चर्को महँगीविरुद्ध आज बस्ने प्रतिनिधि सभा बैठक अघि पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने एमालेको तयारी छ । सोही छलफलअनुसार कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङको भनाइ छ ।

हामी महँगीविरुद्ध कडाइका साथ प्रस्तुत हुन्छौ, महँगीको हामी विरोध गर्छौ तर प्रभावकारी विरोध कसरी गर्न सकिन्छ भनेर पार्टीमा पनि छलफल गर्दैछौँ’, उपाध्यक्ष नेम्वाङले भने, ‘सरकारलाई महँगी नियन्त्रण गर्न हामीले करका दर घटाएर सन्तुलित बनाउन सुझाव पनि दिएका हौ । सुनेझैँ गर्छ तर काम गर्दैन, समस्या यसैमा छ ।’

एमालेले यसअघि गत जेठ २१ गते नै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रतिनिधि सभामा अत्यन्त जरुरी महत्त्वको प्रस्ताव नै पेस गरेर छलफल समेत भएको हो । तर पनि सरकारले मूल्यवृद्धि नियन्त्रणतर्फ प्रभावकारी कदम चालेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा