शनिबार, असार १८ २०७९
ताजा अपडेट

मन्त्री बनाउँने ग्यारेण्टी सहित पार्टी प्रवेश गर्न रवि लामिछानेलाई यो पार्टीले राख्यो प्रस्ताव, निर्वाचन क्षेत्र पनि तोकियो !


  • KTM Khabar
  • सोमबार, असार ६ २०७९
2.4K
SHARES

फाइल तस्विर

मिडियाकाे यात्रालाई छाडेर पुर्णकालिन राजनितीमा होमिएका रवि लामिछानेलाई आफ्नो पार्टीमा तान्न नेपाली कांग्रेस र राप्रपा निकै जोडबल सहित लागिरहेकाे छन् ।

उनी आगामी प्रतिनिधीसभाको निवा{चनमा उमेदवार बन्ने घोषणा त गरेका छन् तर कुनै पार्टीबाट गर्ने कि स्वतन्त्र उठ्ने भन्ने बारेमा निधो गरिसकेका छैनन् ।

असार ७ गते काय{क्रम गरेर आफ्ना कुराहरु बेलीबिस्तार सुनाउँने तयारी गरेका उनलाई पुराना पाटी{हरुले थरीथरीका प्रस्ताव गरिरहेको खुलासा भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र काग्रेस महामन्त्री गगन थापाले लामिछानेलाई आफ्नो गर्ने पार्टीमा भित्राउँन निकै जोडबल गरिरहेको खुलासा भएको छ ।

पार्टीहरुसँग कुरा भइरहेको लामिछानेले पनि स्विकार गरेका छन् । यसै विच नेपाली काग्रेस पाटी{ले त उनलाई काठमाडौँ क्षेत्र न २ बाट चुनाव उठाएर चुनाव पछि मन्त्रीनै बनाउँने सम्मको वचन दिएको बताइएको छ । सांसद र मन्त्री बनाउँने जिम्मा बिशेष गरि काग्रेस महामन्त्री गगन थापाले लिएको बताइन्छ ।

आज मात्रै काग्रेस महामन्त्री थापाले एक काय{क्रममा निवा{चन पनि आफु प्रधानमन्त्रीको उमेदवार बन्ने बताएका थिए । विश्वस्त स्रोतले दिएको सुुचना अनुसार थापालेनै लामिछानेलाई मन्त्रीको लड्डु देखाएका छन् । आफु प्रधानमन्त्री बन्ने र लामिछानेलाई संचारमन्त्री बनाउँने सम्मको बचन दिइएको स्रोतको दाबी छ ।

अहिले क्रियाशील पार्टीमा लाग्ने, नयाँ पार्टी खोल्ने वा स्वतन्त्र निर्वाचन लड्ने तीन विकल्प रविसँग छन् । निकटस्थहरुसँग रविले असार ७ गतेको कार्यक्रमबाटै आफ्नो राजनीतिक यात्राको प्रारुप सार्वजनिक गर्ने बताउँदै आएका छन् । यसबीचमा उनले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल गरिरहेका छन् ।

रविले आफूलाई धेरै पार्टीहरुले अफर गरिरहेको बताएका छन् । खासगरी नेपाली कांग्रेस र राप्रपाका नेताहरुसँग उनी सघन संवादमा रहेको छन् ।

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको स्रोतले बतायो ।

विश्वस्त स्रोतका अनुसार कांग्रेसले रविको सार्वजनिक व्यक्तित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा यस्तो प्रस्ताव गरेको हो । ‘सार्वजनिक जीवनमा महत्वपूर्ण काम गरेका र समाजमा छवि निर्माण गरेका व्यक्तित्वहरुलाई मूलधारको पार्टीले महत्व दिनुपर्छ । त्यसैले कांग्रेसको शीर्ष तहमै छलफल गरेर हामीले उहाँसँग प्रारम्भिक छलफल गरेका छौं’, एक कांग्रेस नेताले भने ।

ती नेताका अनुसार रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ । रविले ‘काम गर्ने भूमिका’ खोजेको निष्कर्षसहित मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिन्छन् ।

‘काठमाडौंको २ नम्बर क्षेत्रमा सांसदको उम्मेदवार बनाउने र जितेपछि मन्त्री बनाउने प्रस्ताव कांग्रेसका केही नेताहरुले राख्नुभएको छ । अहिले नै उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन’, रवि निकट स्रोतले भन्यो ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।

रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा