शनिबार, साउन ३० २०८३
ताजा अपडेट

धरानमा मेयर साम्पाङलाई आयो अर्को खुशीको खबर, विदेशमा रहेका नेपालीले पठाए बहुमुल्य उपहार !


  • सोमबार, असार ६ २०७९
13.4K
SHARES

फाइल तस्विर

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका बास्तविक प्रतिनिधि हुन् । उनी जनतासँग हुन्छन, जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् ।

नेपालको संविधानले स्थनीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र कामगर्ने तौरतरीका यस्तो होस् भन्ने मर्म बोलेको छ । बास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।

अन्य सहरभन्दा धरान सहर सफा र सुदर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन सुन्दर बनाउन सामाजिक अभियान्त इशा गुरुङले नगरपालिकाका लागि ठूला डस्वीन सहयोग गर्ने भएकी छन् ।

पूर्वसचिव भीम उपाध्यायका अनुसार गुरुङले धरानका मेयर साम्पाङलाई सडक फोहार व्यवस्थापन अभियानमा सहयोग गर्न १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टबिन उपलब्ध गराउने भएकी हुन् ।

यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ । यसअघि मेगा बैंक नेपाल लिमिटेडले पनि डस्वीन सहयोग गरेको थियो ।

नगरपालिकाले ३० वटा डस्वीन किन्नका लागि ठूलो पापड पेल्न पर्छ । खरिद ऐन, नियमावलीले यस्ता डस्वीन किन्न ६ महिना लगाइदिन्छ । त्यसकारण यसरी निजी क्षेत्रबाट आउने सहयोगलाई साम्पाङले बहुमुल्य उपहारका रुपमा ग्रहण गर्ने गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा