शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

‘सुनको लौरो’ बारे अनुसन्धान, लहरो तान्दा पहरो झर्ने !


  • आइतबार, असार ५ २०७९
10.6K
SHARES

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ बारे अनुसन्धान सुरु भएको छ । उक्त सुनको लौरो त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको भन्सार विभागमा सूचीकृत नभएको पाइएपछि यसबारे थप अनुसन्धान सुरु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए ।

उनले भने, ‘उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।’

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेक जाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ। यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ।

केपी ओलीका विश्वास पात्र प्रसाईँलाई सुनलौरी उपहार आउनु झन धेरै संकास्पद छ । किनकी ओली प्रधानमन्त्री भएको बेलामा ३८ क्विन्टल सुन तस्करी भएको सरकारी तथ्याङ्क छ । राम्रोसँग अनुसन्धान भए एमाले अध्यक्ष ओलीको पनि संलग्नता देखिन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा