आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी


  • आइतबार, असार ५ २०७९
13.2K
SHARES

फाईल तस्बिर

विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।

नेताहरुको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।  ‘स्टेट पार्टनरसीप प्रोग्रामबारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौं र यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’

नेताहरुकाअनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ । समाजवादीका अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

एसपीपी सम्झौताको सत्तापक्ष र प्रतिपक्षले समेत विरोध गरिहेको छ । अमेरिकाले नेपालले एसपीपी नचाहाने हो भने पत्र लेखेर रद्द गर्न सक्ने जनाइसकेको छ । तर सरकारले पत्र लेखेर रद्द गर्नेतिर हालसम्म ठोस कदम चालेको छैन । कतिपय नेताहरुले सरकारलाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्न सुझाव दिएपनि सरकार त्यसतर्फ लागेको छैन । यसले गर्दा सत्ता गठबन्धनमै अविश्वासको वातावरण पैदा हुन थालेको नेताहरुको भनाइ छ । यद्यपि प्रधानमन्त्रीले देश हित विपरितका कुनै पनि सहमति सम्झौता नगर्ने बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा