आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कपनको बाटो ढलानमा विवाद निकाल्नुको कारण अर्कै, ठेकेदार गुरागाईँले खोले नालीबेली !


  • शनिबार, असार ४ २०७९
5.6K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित कपन स्थित शान्ति टोल, सुगम गल्ली सोलु डाँडा, सिमलटार बाटो ढलान विवादले नयाँ मोड लिएको छ । मापदण्डविपरित बाटो ढलान गरिएको भनेको विषय राजनीतिक प्रतिसोध साँध्न निकालिएको भन्ने खुलासा भए पछि विवादले नयाँ मोड लिएको हो ।

बूढानीलकण्ठ नगरपालिको योजनामा शान्ति मार्ग उपभोक्ता समितिमार्फत बन्दै गरेको उक्त बाटोको ठेक्का राजेन्द्र गुरागाईँ लिएका छन् । सो बाटो ढलान गर्ने क्रममा न्यूनतम मापदण्ड विपरीत काम गरिएको भन्ने विषय केही सञ्चार माध्यममा आएको थियो । विशेष गरी समाजवादी र नेपाली काँग्रेसका केही स्थानीय नेताहरूले आफू अनुकूलको ठेकेदार राखेको र बजेटको दुरुपयोग गरेको भनी आक्रोश पोखे । यस विषयमा प्रतिक्रिया दिँदै बाटो निर्माणको ठेक्का पाएका ठेकेदार राजेन्द्र गुरागाईँले खण्डन गरेका छन् । आफूले मापदण्ड अनुसार काम गरेको दाबी गरेका छन् । भने आफूले कुनै पार्टी तथा जनप्रतिनिधिको निकट नभई आफ्नो दक्षता, क्षमताबाट विगत १८ वर्षदेखि निर्माण व्याबसायमा रहेको बताएका छन् ।

गुरागाईँ भन्छन्, ‘निर्माण व्याबसायमा लागेको यत्तिका वर्ष भयो । यस खालको विवाद पहिलो पटक भोग्दै छु । काम गर्नु पूर्व हाम्रो सम्झौता हुन्छ । सोही अनुसार काम गर्ने हो । मापदण्ड बाहेक कुनै काम गर्न मिल्दैन । तर राजनीतिक विषयलाई जोडेर श्रमजीवी व्यक्तिहरूमाथि प्रहार गर्ने प्रयास गरिएको छ ।’

उनले भने, ‘म पनि वडा नम्बर १२ मा बसोबास गर्छु । बाटो कस्तो बनेको छ । त्यो पछि देखिनै हाल्छ । १ वर्षसम्म समस्या देखिए पुनः काम गर्छौ भनेर सम्झौता गरेका छौँ । पछि समस्या आए पनि म जबाफदेही बन्छु भनेकै छु ।’
‘बाटो ढलान हुने दिन हामीसँगै सोही स्थानका स्थानीयवासी समेत हुनुहुन्थ्यो । सबैले निगरानी गरिरहनु भएको थियो । उहाँहरूले राम्रो भएको भनी प्रतिक्रिया जनाउनु भयो । अगाडीको ठाउँबाट ढलान गर्दै आएका थियौँ । सो क्रममा ढलानका सामाग्री लैजाने क्रममा रड राखेको ठाउँ यताउता भएको थियो । सोही विषयलाई लिएर केही पार्टीका व्यक्तिहरूले विवाद बनाउन खोजेको मात्र हो । बाटो ढलान हुँदा स्थानीयवासी खुसी हुनुहुन्छ । मापदण्ड अनुसार काम गरेका छौँ । सोही अनुसार भुक्तानी लिन्छौँ । यस विषयलाई विवाद बनाउनुको कुनै औचित्य देख्दिन’, उनले भने ।

‘हामी त श्रमजीवी मान्छे हौँ । सम्झौता भने अनुसार बाहेक काम गर्ने छुट हामीमा हुँदैन । तर राजनीतिक विषय बनाएर यसलाई खत्तम पार्छु भन्नेहरू पछि लाग्दा दुःख लाग्ने रहेछ । भन्नु र फिल्ड रहेर काम गर्नुमा धेरै फरक छ । यस कारण श्रम गर्ने व्यक्तिहरूको मर्म बुझिदिन हुन पनि स्थानीय राजनीतिकर्मीलाई अनुरोध गर्दछु’, गुरागाईँ भन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा