बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

एसपिपीबारे ओलीको प्रष्टीकरण : सेनाले पठाएको पत्रबारे थाहा छैन, हामीले अस्वीकार गरेका थियौं


  • KTM Khabar
  • शनिबार, असार ४ २०७९
9.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पठाएको पत्रबारे आफूलाई जानकारी नरहेको बताएका छन्।

ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिए पनि ओलीले यसबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेका हुन्।

काठमाडौंमा आयोजित दुई दिने जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा यसबारे धेरै प्रक्रिया अघि बढिसकेको बताए।

‘असोज ६ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रक्षा मन्त्रीको हैसियतमा पत्र लेख्न भन्नुभएको रहेछ। म असोज २४ गते प्रधानमन्त्री भएँ। कात्तिकामा यसलाई अन्तिम रूप दिइएको रहेछ,’ उनले भने, ‘यसबारे मलाई थाहाँ भएन। सायद, एमालेको सरकार बन्ने जस्तो भएपछि कांग्रेस नेतृत्वको सरकारले यसलाई अघि बढाइदिएको होला।’

प्रचण्ड प्रधानमन्त्री हुँदा समेत यसलाई अघि बढाइएको भन्दै ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि यसलाई रोकेको दाबी गरे। त्यो बेलाको परिस्थिति र अहिले गर्न लागेको सम्झौता फरक रहेको उनको जिकिर छ।

‘त्यो र अहिलेको चिज फरक हो। एमसिसी पारित भएपछि गठबन्धन सरकार हौसिएको होला।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा