शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खोप समन्वय समितिको ‘खोप अभिमुखीकरण कार्यक्रम’ सम्पन्न (फोटो फिचर)


  • शुक्रबार, असार ३ २०७९
9.3K
SHARES

३ असार, काठमाडौँ ।
खोप समन्वय समिति बूढानीलकण्ठले ‘खोप अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गर्दै खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका लगायतको उपस्थितिमा महांकाल स्वास्थ्य चौकीमा कार्यक्रम गरिएको थियो । खोप सम्बन्धी अभिमुख गराउने उद्देश्य स्वरूप कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ की अध्यक्ष सुमित्रा त्रिपाठी (पाण्डे), वडा सदस्य श्याम कार्की, नेसनल प्याब्सनका केन्द्रीय महासचिव पारसमणि दाहाल, स्थानीय स्वास्थ्य स्वयंसेवीका लगायतको उपस्थिति रहेको थियो ।

‘सबै खोपहरूको कभरेज कम्तीमा ९५ प्रतिशतभन्दा माथि पुर्‍याउने र कायम राख्ने’ भन्ने राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य प्राप्तिका लागि खोप अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य स्वयंसेवीका कमला ढकाल अधिकारीले केटिएम खबरलाई बताउनु भयो ।

अधिकारी भन्नुहुन्छ, खोप कार्यक्रम र उपलब्धि सम्बन्धी छलफल गर्न तथा खोप कभरेज बढाउनका लागि आवश्यक योजना तयार गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । आशा छ राष्ट्रिय योजना अनुरूप बूढानीलकण्ठ नगरपालिकामा पनि खोप कार्य गर्न सकिनेछ ।

बालबालिकालाई आवश्यक खोप दिएको खण्डमा रोग लाग्ने दर, अपाङ्गता हुने दर र मृत्युदर कम सकिन्छ, एक स्वास्थ्य स्वयंसेवीकाले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा