शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विवाह गर्ने उमेर घट्यो, अब कति वर्षमा गर्न पाइन्छ ?


  • बिहिबार, असार २ २०७९
9.3K
SHARES

फाइल तस्विर

काठमाडौँ – विवाह गर्ने उमेर घट्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयले विवाहको उमेर २० वर्षलाई घटाउने भएको हो ।

कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन् । कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको मन्त्रीले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त कुराको जानकारी दिएका हुन् ।

‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ,’ उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।’

काँग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा मन्त्री शर्माले भने, ‘यो कानुनमा संशोधन गर्नुपर्छ । कानुन मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको ब्यहोरा अनुरोध गर्न चाहन्छु ।’

प्रचलित कानुनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा