काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगन्ज पुर्ख्यौली घर भएका साउन्ड इन्जिनियरसँग सुनिताको विवाह हुन लागेको हो ।
उनी तीन चार वर्षदेखि साउन्ड सशांक श्रेष्ठसँग अफयएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन ।
नेपाल वायुसेवा निगमकी पूर्व कर्मचारी रश्मि श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगन्जका सुबोध श्रेष्ठ उनका भावी ससुरा हुन् ।
हुनेवाला सासू रश्मि निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुर्ख्यौली घर वीरगन्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।