शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

धरानका मेयरलाई अन्तर्राष्ट्रिय पुरस्कार


  • बिहिबार, असार २ २०७९
11K
SHARES

फाइल तस्विर

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । स्वर्गीय अर्जुनप्रसाद प्रसाईँ लोकप्रिय युवा नेता पुरस्कारबाट साम्पाङ पुरस्कृत हुन लागेका हुन् ।

एनएनजे इन्भेस्टमेन्ट अमेरिकाले साम्पाङलाई पुरस्कृत गर्न लागेको हो । जनताको पक्षमा आवाज बुलन्द पार्दै आएका उनी दोस्रो प्रयासमा धरानको मेयरमा निर्वाचित भएका हुन् ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पुरस्कृत हुने भएका छन् । शाहलाई स्वर्गीय अनिल अधिकारी (यमबुद्ध) को नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार प्रदान गर्न लागिएको हो ।

त्यस्तै, नारायण जयन्ता प्रसाईँ नेपाली वेभ जर्नलिज्म अवार्डबाट पूर्वेली न्युज डटकम तथा नेप्लिज डटकमका सम्पादक मणिराम दाहाल सम्मानित हुँदै छन् । पुरस्कारको राशी २५ हजारको रहेको छ ।

सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो वर्ष लक्ष्मी प्रतिष्ठान र तुलसादेवी फाउन्डेसनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी पनि २५ हजार रहेको छ ।

साहित्य सङ्गीत, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एक लाख राशिको पुरस्कार चार जनालाई संयुक्त रूपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ । यो पुरस्कार पाउनेमा साहित्यकार माया ठकुरी, गार्गी शर्मा, पप गायक ओमविक्रम विष्ट र भारतीय नेपाली साहित्यकार कृष्ण प्रधान रहेका छन् ।

आयोजकका अनुसार यी पुरस्कार नेपालमा रहनेलाई नेपालमै र अमेरिकामा रहनेलाई अमेरिकामै प्रदान गरिनेछ । भाषा साहित्य र संस्कृतिको जगेर्नाको निमित्त अमेरिकामा खोलिएको एन एन जे इन्टरटेन्मेन्टले सन् २००५ देखि अमेरिकामा निरन्तर सक्रिय छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा