शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रचण्ड-माधवसँग देउवाले भने : नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्दिनँ !


  • बुधबार, असार १ २०७९
15.7K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताएका छन्।

आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्टाएका हुन्।

‘आज बालुवाटारमा प्रचण्ड, म, उपेन्द्र यादव बीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ- नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन भनेर,’ पार्टीका नेताहरूलाई बिहान भएको छलफलबारे बताउँदै अध्यक्ष नेपालले भने।

देउवाले एसपिपीजस्ता सम्झौतामा अरू कुनै देशले चासो राखे वा कसैले दबाब दिए भने पनि आफूले नमान्ने बताएको नेपाल बताउँछन्।

‘अरू देशहरूले पनि यसबारे चासो राख्दाखेरि वा कसैले भने पनि म मान्नेवाला छैन भनेर प्रधानमन्त्रीले क्लियर भन्नुभएको छ,’ नेपालले भने, ‘यस्तो सम्झौता गरिँदैन, हुँदैन भन्नुभएको छ।’

साथै एसपिपीजस्ता सम्झौता अघि बढाउन अमेरिकाले दबाब नदिएको पनि अध्यक्ष नेपालले बताए। ‘अमेरिकाले सम्झौता गरोस् भनेर दबाब परेको पनि छैन,’ नेपालले भने।

अध्यक्ष नेपालले देश हितमा कुनै सम्झौताका प्रस्ताव छ कि छैन भनेर जनताका साथै राजनीतिक दलले पनि चासो राख्नुपर्ने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा